महालेखा परीक्षकको कार्यालयका निर्देशक भण्डारी पुरस्कृत



काठमाडौं । महालेखा परिक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारी इल्मर बि स्टाट्स अन्तराष्ट्रिय जर्नल पुरस्कारबाट सम्मानित भएका छन् ।

सन् १९८२ मा स्थापना भएको यो संस्थाले सरकारी अडिटको अन्तराष्ट्रिय जर्नलमा प्रकाशित हुने लेखहरुको स्तर बृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्दै आएको छ ।

यो पुरस्कार बिगत ३ बर्षमा प्रकाशितमध्ये सबैभन्दा उत्कृष्टलाई प्रदान गरिन्छ । यसले जर्नलमा महत्वपुर्ण योगदान गर्नुहुने अमेरिकि कन्ट्रोलर इल्मर बि स्टाट्सको सम्झना पनि गर्छ ।

पुरस्कारको निर्णायकहरु भने सम्पादक मण्डलमा रहने बिभिन्न देशका (अष्ट्रिया, क्यानडा, ट्युनिसिया, अमेरिका र भेनेनुएला) सर्वच्च लेखा संस्थाका प्रतिनिधिहरु हुन्छन् ।

बिभिन्न मापडण्डका आधारमा निर्णायकहरुले पाँच उत्कृष्ट कृतिलाइ सर्टलिस्ट गरिन्छ । तर बिजेता कृतिको नाम भने पुरस्कार बितरण समारोहमा मात्र सार्वजनिक गरिन्छ ।

भण्डारीले पुरस्कार पाएको आर्टिकल हेर्न यहाँ क्लिक गर्नुस्


पुष्प दुलाल