बिजीमल सामान किन्नेले पाए मोटरसाइकल र स्कुटर



काठमाडौं । नयाँबसपार्क स्थित बिजीमलले दशैं तिहारलाई लक्षितगर्दै सञ्चालन गरेको उपहार योजनाको उपहारहरु वितरण गरेको छ । मलले शनिबार एक कार्यक्रमकाबीच ३ जना भाग्यमानीलाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको थाइल्याण्ड भ्रमणको प्योकज वितरण गरेको हो ।

मलले उपहार योजना अन्तरगत एक हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनहरु मध्येबाट कुपन नम्बर ५८३३ का विजेता मंगल तामाङलाई टिभिएसको १८० सिसिको अपाचे आर टि आर मोटरसाइकल प्रदान गरिएको छ ।

त्यसैगरी कुपन नम्बर १२०४० का स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हात पारेका छन् भने कुपन नम्बर ४०२५ का सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।

त्यस्तै, कार्यक्रममा उपहार योजनाका साप्ताहिकउपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको छ ।

गत असोज ५ देखि कात्तिक २८ गतेसम्म सञ्चालन भएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्तरगत ४० जनाले स्मार्ट फोन, ४० जनाले लञ्च कुपन तथा ६० जनाले शपिङ भौचर पाएका थिए । अवसरमा जाडो यामलाई लक्षितगर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात समेत गरेको छ ।


पुष्प दुलाल