पुस १३ गते पोखरामा सडक महोत्सव



काठमाडौं । पुस १३ देखि पोखरामा १८ औं सडक महोत्सव हुने भएको छ । विगतका वर्षहरुमाजस्तै गरी यसपटक पनि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)ले पोखरमा सडक महोत्सव गर्न लागेको जनाएको छ । रेवानले नियमितरुपमा अंग्रेजी नयाँ वर्षको अवसरसडक महोत्सवको गर्दै आएको छ ।

सडक महोत्सव पुस १७ गतेसम्म पोखरा लेकसाइटको साढे ३ किलो सडकमा आयोजना हुने महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले बताए ।

आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढाउँदै नेपाली कला संस्कृतीको उजागर गर्ने यो महोत्सव गर्दै आएको जनाएको छ । पोखरालाई नेपाल सहित विश्व बजारमा परिचित गर्दै मुलुकै गौरव बढाउने लक्षयको साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

रेवनले ‘सडकमै खाऔं, सडकमै नाँचौ र सडकमै रमाऔं ’ भने नाराको साथ मनाउन लागेको महोत्सवमा दिउँसको लागि ५० रुपैयाँ र रात्रि समयको लागि एक सय रुपैयाँ टिकट मूल्य समेत निर्धारण गरको छ ।

नेपालका विभिन्न जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, सांस्कृतीक, ग्रामिण भेगमा उत्पादित घरेलु सामाग्रीको संरक्षण र जर्गेना गर्न समेत महोत्सवले सहयोग पुग्ने आयोजकको विश्वास छ । साथै ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रुपमा विकास गर्ने उद्देश्य लिई रेवानले १७ वर्ष देखि निरन्तर सडक महोत्सव गर्दै आएको छ ।

आयोजकका अनुसार महोत्सवमा १ करोड रुपैयाँ खर्च हुनेछ । महोत्सवबाट रेवानलाई सबै खर्च कटाएर २० लाख रुपैयाँसम्म नाफा हुने आयोजकले जनाकारी गराएको छ । नाफा रकम भने पोखरको विकासमै खर्च हुनेछ । फेवाताल संरक्षण, होली महोत्सव, मिनी सडक महोत्सव, सौर्य जडान, सिसि टिभी क्यामरा जडान लगायत अन्य सामाजिक सृजनात्मक एंव रचनात्मक कार्यक्रममा रेवानको सक्रिय सहगाभिता रहेको आयोजकको भनाई छ ।

त्यसैगरी, होटल संघ र रेवान पोखराले नयाँ वर्षमा पोखरा आउनेलाई पर्यटकलाई २० प्रतिशतसम्म छुट दिइने भएको छ। महोत्सवमा विभिन्न समूहले झाँकी प्रदर्शन गर्नेछन । त्यस्तै पोखरा आसपासमा रहेका विभिन्न जातजातिको संस्कृति पहिचान झल्किने गरी प्रस्तुतीहरु रहने छन्।

त्यस्तै विभिन्न राष्ट्रिय तथा ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी प्रस्तुती, हाँस्यव्यङ्य कार्यक्रमहरु प्रस्तुत गरिने सडक महोत्सवको उद्घाटन भने शहरी विकास मन्त्री अर्जुननहर सिंह केसीले गर्ने आयोजकले जनाएको छ ।


पुष्प दुलाल