मुगूका २४ गाविसमध्ये ४ गाविसमा मात्रै बिजुली



मुगू । बिजुलीको पहुँचका हिसाबले मुगु जिल्ला निकै पछि परेको छ । जिल्लाका ६० प्रतिशत घरधुरी बिजुलीको पहुँचभन्दा बाहिर छन् ।

जिल्लामा रहेका साढे ९ हजार घरधुरीमध्ये ५३ सय घरधुरीमा अझै बिजुली पुग्न सकेको छैन । जिल्लामा २४ गाविस छन्, जसमध्ये ४ वटा गाविसमा मात्रै विजुली पुगेको छ ।

जिल्लामा ४५० किलोवाट क्षमताको एकमात्र सानो आयोजना सञ्चालित छ । सदरमुकाम र आसपासका ५ गाविसमा विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको गमगाढ साना जलविद्युत आयोजना सञ्चालनमा छ ।

सदरमुकाम र आसपासका श्रीनगर, रुगा, रोवा, कार्कीवाडा पिना गाविसमा विद्युत पुर्याउने लक्ष्य भएपनि रोवा र रुगाका बाहेकका १८ सय ५० घरधुरील्मा मात्रै विद्युतको पहुँच पुगेको छ । रोवा र रुगा गाविसमा २ सय घरधुरी छन् । जिल्लाका १९ गाविसमा हालसम्म विद्युत पहुच नपुग्दा जलविद्युतको उपयोग वाट ५३ सय घरधुरी वन्चित रहेका छन ।

जिल्लाका अन्य गाविसका केही वस्तीहरुमा निजी तथा गैर सरकारी संस्थाको सहयोगमा लघु जलविद्युत निमार्ण गरी जलविद्युत सेवावाट २४ सय ६५ घरधुरी लाभान्वित भएका छन् । तर, पटकपटक आयोजनाका पेल्टीसेट मेसिन विग्रिँदा स्थानीयवासी अध्यारोमै बस्नुपरेको पुलु २ का पाल्जोर लामाले बताए ।

न्यून आर्थिक विपन्नता रहेको बस्तीहरुमा अझै दियालो बाल्न नछाडेको र केही आर्थिक सम्पन्नता भएका घरधुरी भने वैकल्पिक उर्जाको प्रयोग गर्दै आएका छन् ।


पुष्प दुलाल