प्रचण्डको घोषणा: पार्टीले माग्यो भने नाडीमा बाँधेको घडी पनि जिम्मा लगाइदिन्छु



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पार्टीले मागेको खण्डमा आफुले नाडीमा बाँधेको घडीसमेत पार्टीलाई नै जिम्मा लगाइदिने घोषणा गरेका छन् ।

केहीदिन अघिमात्रै आफुसँग ३ तोला सुन र १ कठ्ठा जमिन मात्रै भएको भन्दै सम्पत्ति विवरण सार्वजानिक गरेपछि तीब्र आलोचना भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् ।

‘यदि पार्टीले माग्यो भने अहिले नै मैले लगाइरहेको घडी पनि फुकालेर जिम्मा लगाउन तयार छु,’ शबिार राती नेपाल टेलिभिजनको सीधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा प्रचण्डले भने ।

उनले माओवादी नेताहरुको व्यक्तिगन सम्पत्ति पार्टीलाई बुझाउने नीति भएको भन्दै आफुसँग भएको सम्पत्ति पनि पाटीलाई बुझाइसकेको जिकीर गरे । त्यसैगरी प्रचण्डले अहिलेसम्म आफुले पार्टीकै सम्पत्ति प्रयोग गरिरहेको दाबी गरे ।

‘मैले आज उपभोग गरेको सबै सम्पत्ति पार्टीकै हो, मैले आफ्नो जीबनमा जति सम्पत्ति जोडेँ त्यो पार्टीकै लागि मात्र जोडेँ, व्यक्तिगत जोडिँन’ उनले दाबी गरे ।

यो पनि पढ्नुस्- प्रचण्डलाई १ रुपैयाँ दान गरौं अभियानमा ६६७ रुपैयाँ उठ्यो, भेट्न नपाए हुलाकबाट पठाइने


पुष्प दुलाल