प्रचण्डलाई १ रुपैयाँ दान गरौं अभियानमा ६६७ रुपैयाँ उठ्यो, भेट्न नपाए हुलाकबाट पठाइने



काठमाडौं । संसारकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ दान गरौं भन्ने अभियानबाट जम्मा ६६७ रुपैयाँ संकलन भएको छ ।

एमालेसम्वद्ध युवा संघ नेपालले शुक्रबार राजधानीको बानेश्वरमा प्रचण्डलाई दिन भन्दै जनतासँग प्रतिव्यक्ति १ रुपैयाँका दरले रकम संकलन गरेको थियो ।

‘संसारकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रपैयाँ चन्दा संकलन अभियान अन्तगर्तत जम्मा ६६७ रुपैयाँ उठेको छ,’ युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले क्लिकमाण्डूसँग भने ।

यसरी उठेको रकम युवा संघका पदाधिकारीहरुले प्रचण्डसँग भेट्ने समय मिलाएर हस्तान्तरण गर्ने उनले बताए । प्रचण्डले भेट्ने समय नदिएको खण्डमा हुलाकमार्फत पठाइने कटुवालले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले हालै सार्वजानिक गरेको सम्पत्ति विवरणमा आफुसँग जम्मा ३ तोला सुन र १ कठ्ठा जमिन मात्रै भएको उल्लेख गरेका थिए । सार्वजानिक गरिएको उक्त सम्पत्ति विवरण झुटो भएको दाबी गर्दै युवा संघले चन्दा उठाएको हो ।

सम्बन्धित समाचार

युवा संघको अभियानः विश्वकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ चन्दा दिनुस्

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- प्रचण्डको मानमर्दन हैन, चप्पल लाएर आएका आफ्नै नेताले कसरी महल बनाए ? त्यो खोज्नुस्


पुष्प दुलाल