अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो



काठमाडौं । बजारको अनुमानअनुसार नै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले ब्याजदरमा बृद्धि गरेको छ । फेडरल रिजर्बले ब्याजदर ०.२५ प्रतिशतले बढाएको हो ।

फेडरल रिजर्बकी अध्यक्ष ज्यानेट यलनले ब्याजदर बढाउदै भनिन्, ‘आर्थिक परिदृष्य अनिश्चित भएको हुँदा ब्याजदर बृद्धि रुपान्तरणका लागि गरिएको हो ।’ फेडरल ओपन मार्केटका केही सदस्य भने ब्याजदर बृद्धिको पक्षमा थिएनन् ।

अमेरिकामा राष्ट्रपतिको रुपमा डोनाल्ट ट्रम्प निर्वाचित भएपछि करमा कटौती गर्ने र ब्याजदर बढाउने अपेक्षाको कारण डलर बलियो बन्दै गएको छ । यसको विपरित सुनको मुल्य भने ओरालो लागेको छ ।

यो पनि हेर्नुहोस्- ट्रम्प प्रभाव: डलर मंहगो सुन सस्तियो


पुष्प दुलाल