ट्रम्प प्रभाव: डलर मंहगो सुन सस्तियो



काठमाडौं । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ट ट्रम्पले सत्ता समाल्नको लागि अझै दुईसाता बाँकी छ । ट्रम्प निर्वाचित भएपछि विश्व बजारमा त्यसको प्रभाव भने अमेरिकी डलर उकालो लागेको छ भने पहेलो धातु सुन ओरालो लागेको छ ।

नेपाली बजारमामा अमेरिकी डलर एकसाता अगाडि एक अमेरिकी डलर एक सय १० छोएर एक सय ८ मा झरेको छ । यस्तै सुन प्रतितोला एक महिनाको अवधीमा तीन हजार रुपैयाँले ओरालो लागेको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला ५२ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

नेपालले तिर्नुपर्ने वैदेशिक ऋणको ब्याज र किस्ता डलर बढ्दा बढ्ने गर्छ भने डलर तिरेर ल्याउनुपर्ने आयातित बस्तुको मुल्यपनि बढ्छ । विवाहको सिजन शुरु भएको मंसिरदेखि नै सुनको मुल्य ओरालो लाग्दा त्यसको फाइदा उपभोक्तालाई भएको छ ।

जबकी साउनमा सुन प्रतितोला ५८ हजार रुपैयाँसम्म पुगेको थियो । पछिल्लो एक महिनाको अवधीमा अमेरिकी डलरपनि नेपाली रुपैयाँको तुलनामा करिब चार रुपैयाँले बढिसकेको छ । अमेरिकी डलर बलियो हुँदा सुनको मुल्य ओरालो लाग्ने र सुन बलियो हुँदा अमेरिकी डलर ओरालो लाग्ने गर्छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकामु गभर्नर कृष्णबहादुर मानन्धर राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि अमेरिकामा ब्याजदर बढ्ने अनुमानको आधारमा डलर बलियो भएको बताए । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्बले ब्याजदर बढाउने अनुमानको आधारमा भारत,मलेसिया जस्ता उदयमान बजारबाट अन्तराष्ट्रिय लगानीकर्ता फर्केको अवस्था छ ।

‘फेडरल रिजर्बले ब्याजदर बढाउने अनुमानको आधारमा डलर बलियो भयो,’ मानन्धरले भने- ‘यसको प्रभाव एशियाली देशका नागरिकलाई पनि पर्छ ।’

फेडरल रिजर्बले अहिलेसम्म ब्याजदर बढाउने घोषणा नगरेपनि अनुमानको आधारमा नेपाली अर्थतन्त्रमा भने यसको प्रभाव देखिएको छ । अमेरिकी डलर बढ्दा रेमिटेन्स प्रवाह बढ्छ भने पछिल्लो समय नेपाली बजारमा देखिएको अमेरिकी नगद डलर अभावपनि घट्न थालेको छ ।

मलेसियाको अर्थतन्त्रमा सुधार नआएको र त्यहाँको मुद्रा रिङिगट भने नबढेको कारण मलेसियामा रोजगारीमा गएका नेपालीलाई भने फाइदा हुने छैन । नेपालले तिर्नुपर्ने वैदेशिक ऋणको ब्याज र किस्ता डलर बढ्दा बढ्ने गर्छ भने डलर तिरेर ल्याउनुपर्ने आयातित बस्तुको मुल्यपनि बढ्छ ।

सुनको मुल्य घट्दा भने उपभोक्तालाई फाइदा देखिएको छ । विवाहको सिजन शुरु भएको मंसिरदेखि नै सुनको मुल्य ओरालो लाग्दा त्यसको फाइदा उपभोक्तालाई भएको छ ।


पुष्प दुलाल