अर्थमन्त्रीसँग गभर्नरको आग्रहः देशको ढुकुटी राख्ने ठाउँ भत्केको छ, चाँढै बनाऔं




काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंकको अवलोकन गरेका छन् । अर्थमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक राष्ट्र बैंकको अबलोकनमा गएका हुन् ।

अबलोकनमा क्रममा अर्थमन्त्री महराले राष्ट्र बैंकको सुपरिबेक्षणीय भूमिका प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न अर्थमन्त्रालय तयार रहेको बताएका थिए । उनले राष्ट्र बैंक ऐनमा आवश्यक सुधार गरेर राष्ट्र बैंकको भूमिका र प्रभावकारिता बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाएका अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुबन पौडेलले जानकारी दिए ।

‘अबलोकन भ्रमणको क्रममा गभर्नरले देशको आर्थिक अबस्थाको बारेमा जानकारी दिनुभयो, उहाँको कुरा सुनेपछि अर्थमन्त्रीले राष्ट्र बैंकको नियामकीय क्षमता अभिबृद्धि गर्न र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको जानकारी गराउनु भयो,’ मन्त्रीको अवलोकन भ्रमण लगत्तै प्रेस संयोजनक पौडेलले क्लिकमाण्डूसँग भने ।

सो अवसरमा राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले देशको ढुकुटी राख्ने ठाउ नै भूकम्पको कारण भत्किएको तत्काल बनाउनु पर्ने आवश्यकता रहेको जानकारी मन्त्री महरालाई गराएका थिए । त्यसको जवाफमा महराले आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।


क्लिकमान्डु