लोडसेडिङ अन्त्य गर्न उर्जा मन्त्रालयलाई अर्थले दियो ५ अर्ब ३७ करोड थप बजेट



काठमाडौं । लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको उर्जा मन्त्रालयलाई अर्थ मन्त्रालयले थप बजेट निकास गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उर्जा मन्त्रालयलाई सोमबार थप ५ अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा गरेको हो ।

‘लोडसेडिङ अन्त्य गर्ने उर्जा मन्त्रालयको अभियानलाई विषेश महत्व दिँदै मन्त्रीज्यूले आज थप ५ अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा गर्नु भएकोछ,’ अर्थमन्त्रीका प्रेस सल्लाहकार त्रिभूवन पौडेलले क्लिकमाण्डूसँग भने ।

सो बजेटले उर्जा मन्त्रालयले विद्युत पोल, ट्रान्सफर्मर, नयाँ मिटर तथा केवल तार किन्ने खर्च गर्नेछ । शनिबार मात्रै मन्त्री महरा मध्यमस्याङदी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेर फर्किएका थिए ।


पुष्प दुलाल