बेलायती पाउण्ड अब माशांहारीबाट शाकाहारी हुने




काठमाडौं । बैंक अफ इङगलैंण्डले आफ्नो नोट आपूर्तिकर्ता ‘इनोभिया’लाई अब नयाँ आउने पाँच पाउण्डको पलास्टिकको नोटमा जनावरको बोसोको प्रयोग नगर्न आग्रह गरेको छ ।

बैंकले इनोभियासगँ सम्झौतामा नोटमा बोसोको प्रयोग हुने कुराको जानकारी नभएको बताएको छ । बैंकल एक बिज्ञप्ती जारी गरी बोसोको प्रयोगका बारे मानिसहरुको चासो रहेको र उक्त चासोलाई आफुले गम्भिरतापूर्वक लिएको बताएको छ ।

यसअघि मानिसहरुले सो प्रयोगका बारे बिरोध प्रर्दशन गर्दै १ लाख जनाको हस्ताक्षरसमेत संकलन गरेका थिए । बेलाएतमा लाखौं जनता भेगन (जनावर र उनीहरुका उत्पादन प्रयोग नगर्ने समुह) र शाकाहारी रहेको रोयटर्सले जनाएको छ ।


पुष्प दुलाल