एप्पलले सित्तैमा आइफोनको ब्याट्री दिने



काठमाडौं । एप्पल कम्पनीले सित्तैमा मोबाइलको ब्याट्री फेरिदिने घोषणा गरेको छ । आइफोनमा ब्याट्रीको समस्याबाट निरास भइरहेका प्रयोगकर्तालाई यो खबर ठूलो खुसी प्रदान गरेको छ ।
 
केहि समय पहिले धेरै प्रयोगकर्ताहरुले आइफोनमा ब्याट्री हुनाका बाबजुत अचानक बन्द हुने समस्या आएको भन्दै गुनासो गरेका थिए । यस्तो गुनासो पछि एप्पलले फोन सटडाउन हुने समस्या भोगिरहेका प्रयोगकर्तालाई मोबाइलको ब्याट्री परिवर्तन गरिदिने बताएको हो ।
 
हार्डवयरमा समस्या
एप्पलले चाईनाको एक वेब साइटमा दिएको स्टेटमेन्टमा लेखिएको छ, आइफोन ६ एस को केहि फोन आफैं सटडाउन हुने समस्या देखिएको हो । यो समस्या आइओएससँग सम्बन्धित नभएर हार्डवयरमा आएको समस्या हो । यसअघि कम्पनीले अपरेटिङ सिस्टममा आउने ब्लगका कारण यस प्रकारको समस्या श्रृजना भएको बताएको थियो ।
ब्याट्री कसरी खराब भयो
कम्पनीकाअनुसार सेक्टेम्बर र अक्टोबर २०१५ मा बनेका आइफोनका ब्याट्री खुल्ला ठाउँमा निर्माण भएका कारण हावाको सम्पर्कमा आएको थियो । यसका कारण यी फोनमा त्यस्तो समस्या आएको थियो ।
आइफोन ६ एस बाहेक अरु कुनै मोडेलको फोनका ब्याट्रीमा समस्या देखिएमा प्रयोगकर्ताले आफ्नो सिरियल नम्बर टिपाएर आइफोन अफिसियल आउटलेटबाट सित्तैमा ब्याट्री फेर्न सक्छन् ।


क्लिकमान्डु