भैरहवामा यसरी बन्दैछ अन्तर्राष्ट्रिय विमानस्थल, बनेपछि यस्तो हुनेछ (फोटो फिचर)



विमानस्थलको निर्माणधिन मुख्य टर्मिनर्ल

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा भैरवहामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ । हालसम्म विमानस्थल निर्माणको काम २६ प्रतिशत सम्पन्न भइसकेको आयोजनाका निर्देशक ओम शर्माले क्लिकमाण्डूलाई बताए ।

एसियाली विकास बैंकको ऋण सहयोमा निर्माण भइरहेको यो विमानस्थलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाले ०७१ माघ गरेका थिए ।

बनेपछि यस्तो हुनेछ: विमानस्थलको अन्तराष्ट्रिय मूख्य टर्मिनल र बिमान पार्किङस्थल

निर्देशक शर्माका अनुसार विमानस्थल निर्माणको काम दुई चरणमा हुनेछ । अहिले पहिलो चरणको काम भइरहेको छ । सन् ०१७ मा दुबै चरणका कामहरु सम्पन्न गर्ने लक्ष राखिए पनि भूकम्प र नाकाबन्दीका कारण एयरपोर्ट निर्माणसम्पन्न गर्ने समयावधि थप गरिएको छ । जसअनुसार सन् २०१८ को जुनसम्ममा एयरपोर्ट निर्माण भइसक्ने छ ।

‘३ हजार मिटर लामो सबग्रेड तयार भइसकेको छ । टर्मिनलमा जमिनको काम सकिएको छ । जमिनभन्दा १ मिटर माथिको काम भइरहेको छ,’ शर्माले भने, ‘अरु आयोजनासँग तुलना गर्दा यो आयोजनाको निर्माणकार्य द्रुत गतिमै अघि बढेकाले हामीलाई सन्तोष नै छ ।’

अहिले २ सय ८७ विघा जमिनमा विमानस्थल निर्माणको काम भइरहेको र केही समयपछि थप ५ सय विघामा काम हुने उनको भनाई छ । त्यसका लागि सरकारले गत मंसिर ९ गतेनै जग्गा अधिकरणको सूचना निकालेर औपचारिक प्रक्रिया अघिबढाइसकेको छ । सो जग्गा अधिकरणपछि कूल ७८७ विघा अर्थात् १० हजार रोपनी जमिनमा विमानस्थल बन्नेछ ।

पहिलो चरणका लागि ६ अर्ब २२ करोड रुपैयाँमा चाइनिज कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्टक्सन्स ग्रुप चाइनाले एयरपोर्ट निर्माणको ठेक्का लिइ कामत गरिरहेको छ ।

बनेपछि यस्तो हुनेछ विमानस्थलअघिको गाडी पार्किपार्किङ

दोस्रो चरण अर्थात् सञ्चार उपकरणसम्बन्धी प्याकेजको टेन्डर आह्वान गर्ने अन्तिम तयारी भइरहेको निर्देशक शर्माले बताए । त्यसको लागत १ अर्ब रुपैयाँ हुनेछ । ५ विघा जमिनको मुअब्जाका लागि कति लागत लाग्छ भन्ने अहिले नै टुंगो लागिसकेको छैन । तर, मुअब्जामा सरकारले अर्बौं रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।

विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्छ भने सिङ्गल रन वे भएकाले एक पटकमा एउटामात्रै जहाज अवतरण गर्न मिल्ने शर्माले जानकारी दिए ।

 

बनेपछि यस्तो हुनेछ: मुख्य टर्मिनल

 

अगाडीबाट हेर्दा देखिने अन्तर्राष्ट्रिय ट्रमिनल भवन

 

बनेपछि यस्तो हुनेछ: आन्तरिक टर्मिनल, बिमान पार्किङस्थल


पुष्प दुलाल