पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव र महत्वपूर्ण कार्ययोजनाको प्रगति सन्तोषजनक



ID:43857838

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव र महत्वपूर्ण कार्ययोजनाको प्रगति सन्तोषजनक पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले चालु आवका लागि सचिव र विभागीय प्रमुखसँग भएको कार्यसम्पादन सम्झौताको समीक्षा गर्दै महत्वपूर्ण आयोजनाको काम समयमा नै सम्पन्न गर्ने गरी लाग्न सबैलाई आग्रह गरे ।

उनले वार्षिक कार्यतालिका बनाई चालु आवको विकास र प्रशासनिक कामलाई आधार बनाएर सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । मन्त्री शाहीले साप्ताहिक रूपमा सचिवसँग भएको कार्यसम्पादन सम्झौताको प्रगति विवरण समीक्षा गर्दै आएका छन् ।

त्यस्तै मन्त्रीले सचिवसँग र सचिवले महाशाखा प्रमुख र माताहतका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको र प्रत्येक हप्ता कार्यप्रगतिको समीक्षा हुने गरेको पर्यटनमन्त्रीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।


क्लिकमान्डु