सिद्धार्थ बैंकको ब्रान्ड एम्बेसेडरमा जितु नेपाल र दमन रुपाखेती



sidhartha_bank_brand1काठमाडौं । सिद्धार्थ बैंकले प्रसिद्ध हास्य कलाकारद्वय जितु नेपाल र दमन रुपाखेतीलाई बैंकको ब्रान्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ ।

हास्य कलाकारद्वयसँग बैंकको ब्रान्ड तथा बैंकका विभिन्न सेवा र सुविधाहरुको प्रचार तथा प्रबद्र्धन गर्नका निमित्त सहकार्यका लागि सम्झौता गरेको बैंकले जानकारी दिएको छ । सो सम्बन्धि सम्झौतापत्रमा बैकको तर्फबाट बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु