मेलम्ची खानेपानी आयोजना बनाउन पहाड खन्दा भेटियो सुन जस्तै धातु



gold_stones
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् बनाउन पहाड खन्दा सुन जस्तै देखिने पहेलो धातुजन्य पदार्थ भेटिएको छ ।

विहिवार पहेलो धातुजन्य बस्तु फेला परेकोले परीक्षणको लागि खानी विभागमा पठाइएको आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए ।

‘विहिवार हेडवर्कस राख्नको लागि पहाड खन्ने क्रममा पहेलो धातुजन्य बस्तु भेटिएको छ, सो बस्तु धातु हो कि होइन, हो भने कति मात्रामा र कुन गुणस्तरको छ भनेर परीक्षण गर्नको लागि खानी विभाग पठाएका छौं,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।

पहाड खन्ने क्रममा भेटिएको सो पहेलो बस्तु तामा हुन सक्ने अनुमान गरिएको छ । यसरी धातु भेटिएको ठाउमा अबैध क्रियाकलाप हुन सक्ने अनुमान गर्दै आयोजनाले प्रहरी प्रशासनको सहयोग मागेको छ । सो क्षेत्रमा अहिले सुरक्षा ब्यवस्था कडा पारिएको भट्टराईले जानकारी दिए ।

अहिले भेटिएको बस्तु के हो, कुन गुणस्तरको हो, कति मात्रामा छ भन्ने कुराको यकिन खानी विभागले गर्ने र उसको सल्लाह अनुसार नै अगाडि बढ्ने आयोजनाले जानकारी दिएको छ ।


क्लिकमान्डु