सचेत हुनुहोस् !! फेसबुकमा पैसा माग्ने भाइरसले आक्रमण गर्नसक्छ



 

** FILE **  The Facebook logo is displayed at a news conference in New York in this November 6, 2007 file photo. A new application is aiming to inject more commerce into the social playground by paying Facebook members who help make sales to their friends. (AP Photo/Craig Ruttle, file)
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक आम प्रयोगकर्ताको बीच सधै चर्चाको शिखरमा रहने गरेको छ । हालका दिनमा फेसबुक सुरक्षाका कारण चर्चामा रहेको छ । अहिले फेसबुक प्रयोगकर्ताहरु बीच फिरौती माग्ने भाइरस बहसको विषय भएको छ ।
रिपोर्टका अनुसार यो भाइरस वउन फाइलको रुपमा फेसबुकमा आइरहेको छ । यदि त्यो फाइल कम्प्यूटरमा आएमा त्यसले कम्प्यूटरको फाइललाई करप्ट गर्छ र कम्प्यूटर सिस्टम लग गरदिन्छ । त्यो लग भएको सिस्टम अनलग गर्नको लागि फिरौती स्वरुप ३६५ अमेरिकी डलर अर्थात लगभग नेपाली ४० हजार रुपैयाँ दिनुपर्ने हुन्छ ।

रिपोर्टका अनुसार यो भाइरस फेसबुक म्यासेन्जरमा कखन इमेजको मार्फत आएको हो । फेसबुकले भने यस कुराको खण्डन गरेको छ । फेसबुकमा रहेको केहि क्रुटीको फाइदा उठाउदै ह्याकरले यस भाइरसलाई फेसबुकमा छिराएका हुन ।

यसबाट बच्न के गर्ने
अनजान व्यक्तिले पठाएको इमेज नखोल्ने
अत्यावश्यक डाटाको व्याकअप राख्ने
भाइरस भएको फाइल यदि किल्क भएको शंका लागेमा आफ्नो इन्टरनेट कनेक्सन बन्द गर्ने । यदि भाइरसको म्यासेज देखा परेमा भने मुस्किल हुन सक्छ ।
मेलमा आएको कुनै पनि एट्याचमेन्ट अत्यावश्यक नभए नखोल्ने ।


क्लिकमान्डु