मोबाइल चार्ज गर्न अब १० रूपैयाँ लाग्दैन !

0
Shares

solar

मोरङ । थलाहा–५ की पर्वतीदेवी सरदारले त अरुको घर वा पसलमा मोबाइल चार्ज गर्दा रु १० तिर्नुपथ्र्यो । त्यस्तै डाइनिय गाविसका बाबुराम चौधरी मासिक रु ७०० को मैनबत्ती खरिद गर्नु परेको थियो ।

मोबाइल चार्ज गर्न आधा घन्टा हिँडेर कदमाहा बजार पुग्नुपर्ने समस्या झेल्दै आएकी कदमाहा–४ की बेचनीदेवी मण्डलको घरमा सोलार बत्ती जडान गरिदिएपछि उहाँको समस्या समाधान भएको छ ।

विद्युत् नपुगेका र महसुल तिर्न नसक्ने विपन्न समुदायलाई लक्षित गरेर जिल्ला विकास समिति मोरङले जिल्लाका आधादर्जन गाविसका सोलार बत्ती जडान गरेर घर घरमा बाल्न थालेपछि स्थानीयमा खुसी छाएको छ ।

सोलार जडान भएपछि बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्नेहरु मात्र नभएर विद्यार्थीसमेत खुसी देखिएका छन् । थलाहाको जनता मावि कक्षा ७ मा पढ्दै आएकी सुनीतादेवी सरदार सोलार जडान भएपछि राति पढ्न नपाइने समस्याबाट मुक्त भएकी छिन् । उनीमात्र होइन मोरङको डंग्राहा गाविसका विद्यार्थी हरिप्रसाद बाँतर पनि त्यत्तिकै खुसी छन् । उनी भन्छन् – ‘बत्ती नहुँदा राति पढ्नै पाइँदैनथ्यो, सोलार जडान भएपछि राति नियमित रुपमा पढ्न पाएको छु, यसपटक प्रथम श्रेणीमा उत्तीर्ण हुन्छु ।’

जिविस मोरङको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख ज्ञानेन्द्रकुमार सिंहका अनुसार संसद् विकास कोष र जिविसको रु ३० लाख लगानीमा विद्युत् नपुगेका ठाउँमा  सोलार बत्ती जडान गरिएको हो । विशेष गरी जिल्लाका, दलित, विपन्न र पिछाडा वर्गको बसोबास रहदै आएको समुदायमा सोलार बत्ती जडान गरीएको हो । लोड सेडिङको विकल्पका रुपमा प्रयोग बढदै जान थालेको सोलार मोरङको थलाहामा ६५ सिजुवामा ४६ , टंकीमा ३७ डग्राहा ५ मा ४९ झुर्कीया , डाईनियामा ५७ बारङगीमा ४६ वटा सोलार वत्ती जडान गरिएको जिल्ला विकास समिति मोरङ उर्जाप्रर्बद्धन केन्द्रका प्रमुख सिंहले जानकारी दिए ।