फेसबुकले ल्यायो म्यासेन्जर लाइट, पुरानो सेटमा गज्जबले चल्छ!



messenger_lite

पुरानो भर्सनको एन्ड्रोइड स्मार्टफोन चलाउनेहरूलाई खुशीको खबर छ । फेसबुकले कम क्षमताका स्मार्ट फोन र सुस्त इन्टरनेट हुँदा पनि सजिलै प्रयोग गर्न सकिने ‘म्यासेन्जर लाइट’ सोमबार सार्वजनिक गरेको छ ।

लाइट भर्सनको यो म्यासेन्जर इन्टल गर्न जम्मा १० एमबि स्टोरेज भए पुग्छ । नियमित संस्करणको म्यासेन्जरलाई भने ५० एमबि भन्दा बढिको स्टोरेज चाहिन्छ । म्यासेन्जर लाइटले मोबाइल डेटा प्लानमा चल्नेहरूलाई पनि ठुलो राहात दिने छ ।

नयाँ सेट किन्न नचाहने र इन्टरनेट सुस्त हुनेलाई यो राम्रो म्यासेजिङ बिकल्प हुने भएको छ । म्यासेन्जर चलाउँदा फोन ह्याङ हुन्छ भने पनि यो गज्जबको बिकल्प हुने छ ।

१ अर्ब भन्दा बढि प्रयोगकर्ताले अहिले फेसबुकको म्यासेन्जर प्रयोग गर्छन् । ‘बाँकी इन्टरनेट प्रयोगकर्ता जो सँग कमसल फोन छन् र इन्टरनेट कनेसक्सन कमजोर छ हामी उनिहरूलाई जोड्न चाहन्छौं’ फेसबुक न्युजरूममा भनिएको छ ।

नेपाल जस्ता विकासशील देशलाई लक्षित गरी डेभलप गरिएको यो म्यासेन्जर तत्कालका लागि भने केन्या, ट्युनिसिया, मलेसिया, श्रीलंका र मलेसियामा मात्र प्रयोग गर्न मिल्ने छ ।

सामान्य म्यासेन्जरका धेरै सुविधा भएपनि कतिपय महत्वपूर्ण सुविधा भने लाइट भर्सनमा छैनन् । टेक्ट, फोटो र भिडियो म्यासेज पठाउन मिले पनि भ्वाइस कल सुविधा भने यो भर्सनमा छैन् ।


क्लिकमान्डु