टेलिकमले ल्यायो दशैँ-तिहारलाई ७ अफर



nepal_telecomकाठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार र छठलाई समेत लक्षित गरी ७ प्रकारका विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफरमा मोबाइल इन्टरनेट डेटा, भ्वाइसकल र एडिएसएल इन्टरनेट लगायतमा छुट देखि रिचार्च कार्ड खरिदमा बोनससम्म छन् ।

१. डेटा अफर

जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहकहरुलाई डेटा र निःशुल्क भ्वाइस तथा एसएमएस अफर सार्वजनिक गरिएको छ । असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १ सय एमबीको डेटा ५० रुपैयाँ र २ सय ५० एमबी डेटा १ सय रूपैयाँमा उपलब्ध हुने छ । ५० रूपैयाँको डेटा प्याकेज लिनेलाई १० मिनेट भ्वाइस कल र १० वटा एसएमएस सित्तैमा पठाउन सक्ने छन् । त्यस्तै २ सय ५० एमबी लिनेले २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

१ सय एमबी डाटाको अवधि ५ दिन सम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने टेलिकमले जनाएको छ ।

२. नाइट डेटा अफर

राती १० बजे देखि बिहान ६ बजेसम्म ५ सय एमबी डेटा ४० रूपैयाँ र १ हजार २ सय एमबी डाटा ८५ रूपैयाँमै प्रयोग गर्न सकिने छ । ४० रूपैयाँको प्याकेज ७ दिन र ८५ रूपैयाँको प्याकेज १५ दिन भित्रै प्रयोग गर्नु पर्ने छ । नाइट डेटा अफर असोज १५ देखि ३ महिना सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

३. भ्वाइस कलमा छुट

असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २१ सम्म टेलिकमको मोबाइलबाट टेलिकमकै अर्को मोबाइलमा गर्दा अहिले भन्दा १० प्रतिशत कम शुल्क लाग्ने भएको छ ।

४. एसएमएस अफर

टेलिकमका सबै मोबाइलमा असोज २२ देखि २९ सम्म र कात्तिक १४ देखि २१ सम्म एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध हुने छ ।

. लोकल कलमा थप १ सय कल निःशुल्क

ल्यान्डलाइन र सिडिएमए सि फोनबाट लोकल कल गर्दा असोज र कात्तिक महिनामा थप सय कल न्यनुनत शुल्क भित्रै पर्ने भएका छन् ।

६.इन्टरनेटमा भ्यालिडिटी थप

दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म म्याद सकिने एडिएसएल, वाइम्याक्स र फाइबरका  ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म थपिने टेलिकमले जनाएको छ ।

७. प्रिपेडमा टक टाइम

जीएसएम र सीडीएमए प्रिपेड मोबाइलमा १ सय भन्दा बढि पिनलेस रिचार्ज गर्नेलाई १० प्रतिशत टक टाइम बोनस थपिने भएको छ ।

 


क्लिकमान्डु