सावधान! हेडफोन ज्याकका लागी आइफोन ड्रिल नगर्नुस्



screen-shot-2016-09-24-at-15-53-00
आइफोन ७ मा हेडफोन ज्याक नभएपछी हेडफोनमै बानी परेकालाई छटपटी भयो । कतिले त यसैका कारण आइफोनको पुरानै संस्करणमा रहने निधो गरे ।

टेक र्‍याक्स नामक एक युटुब च्यानलले आइफोन ७ मा प्वाल पारेर हेड फोन जोड्न सकिनै भन्दै ठट्टै १७ सेप्टेम्बरमा युटुबमा अपलोड गरेको एउटा भिडियोले अहिले संसारभर हंगामा मच्चाएको छ ।

आइफोन ७ को तलपट्टी स्पीकर भएको भागमा ड्रिल गरेर आइफोनमा हेडफोन ज्याक लगाइएको त्यो भिडियो भाइरल बन्यो र हजारौंले लुकाइएको हेडफोन ज्याक प्राप्त गर्न त्यसरीनै आफ्नो नयाँ आइफोनलाई डि्रल गरेको समाचार अन्तराष्ट्रिय समाचार संस्थाहरूले प्राथमिकता साथ प्रकाशित गरेका छन् ।

टेक र्या्क्सको उक्त भिडियो अहिले १ करोड १० लाख भन्दा बढिले हेरेका छन् । झन्डै ४० हजारले त कमेन्ट नै गरेका छन् । रमाइलो कुरो के छ भने कतिपयले त त्यो सिको गरेर हेडफोन जोडेको प्रतिक्रिया समेत दिएका छन् ।

कतै तपाईं पनि हेडफोन ज्याक भेट्न डि्रल गर्ने सोचाईमा त हुनुहुन्न यदि हुनुहुन्छ भने तपाईले पनि आफ्नो आइफोन बिगार्दै हुनुहुन्छ । भिडियो हेरेर ड्रिल गर्नेहरुले आफ्नो नयाँ आइफोन बिग्रेपछि बल्ल थाहा पाए त्यो भिडियो त हावादारी पो रहेछ ।

टेकर्याक्सका संचालक युक्रेनी मूलका तरस म्याक्सिमुक ले आफूलाई थुप्रै म्यासेजहरु आएको र अधिकांशले आफ्नो नयाँ आइफोन लाई ड्रिल गरेर बिगारेकोमा गाली गरेको बताएका छन् ।

टेक र्‍याक्सको भिडियो हेर्नुहोस्:


क्लिकमान्डु