नेपाल टेलिकमको प्रमुखमा कामिनी राजभण्डारी



telecom_md

काठमाडौं । झन्डै तीन साता रिक्त रहेको नेपाल टेलिकमको प्रमुखमा बिहीवार कामिनी राजभण्डारी नियुक्त भएकी छिन् । यस अगाडि टेलिकमकै नायव प्रबन्ध निर्देशक  रहेकी राजभण्डारीलाई   प्रबन्ध निर्देशक नियुक्त गरिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा गठन भएको सिफारिस समितिले राजभन्डारी सहित तीन जनाको सर्ट लिस्टीङ गरेको थियो । समितिको सिफारिस मध्येबाटै विहिबारको मन्त्रीपरिषद्ले उनलाई नियुक्त गरेको छ । जम्मा १३ आवेदकमध्ये समितिले तीन जनामा उनिसहित सुनिल पोखरेल र मदन खरेललाई छनौट गरेको थियो ।

तस्वीर: राजभण्डारीको फेसबुकबाट


क्लिकमान्डु