हेलो भन्न हजार काफी! यस्ता छन् सस्ता फोन



helloकाठमाडौं । जमना स्मार्ट फोनको छ  । चर्चा महंगा र सुविधायुक्त मोबाइल सेटकै हुन्छ । तर, बजारमा भने सस्ता सेटको माग त्यो भन्दा बढि छ ।

सस्तो मोबाइलमा सबैमा इन्टरनेट चलाउन मिल्दैन् । सबैमा क्यामेरा हुादैन् भएकाले गुणस्तरको फोटो खिच्दैन् । तर रेडियो वा गीत सुन्न र कुराकानी गर्नका लागि सस्तो मोबाइलको बजार पनि राम्रो छ ।

इन्टरनेट वा थ्रीजी सेवा नभएका विकट क्षेत्र देखि सहरी क्षेत्रमा पनि सस्तो मोबाइल प्रयोग गर्नेहरुको संख्या ठुलो रहेको मोबाइल बिक्रेताहरू बताउँछन् । बजारमा डिटिसी, नोकिया, कलर्स, लाभा कम्पनीका मोबाइलहरु सस्तोमा उपलब्ध छन् । यी कम्पनी मध्ये डिटिसी एक हजार देखि ३ हजार मूल्यका छन् । लाभा र कलर्सका १ हजार २ सय देखि १० हजारसम्मका छन् । सामसुङ, हुवावे र जियोनी जस्ता महंगा फोनमा नाम चलेका कम्पनीले पनि सस्ता सेट उत्पादन गरेकै छन् ।

डिटिसी डब्लु ओ डब्लु

dtc-wowदुइवटा सिम लाग्ने यो सेटको नेपाली बजारमा मूल्य नौं सय रुपैंया मात्र छ । रेडियो वा गीत सुन्न सकिन्छ । एक हजार एमएएच (मेगा पावर) क्षमताको ब्याट्री साथै टर्चलाइटको पनि प्रयोग गर्न सकिन्छ । यसमा हेडफोन र चार्जर हुँदैन् ।

डिटिसी किंङ्ग

यसको मूल्य १ हजार ४ सय रुपैंया छ । दुईवटा सिम लाग्छ । रेडियो बज्छ र गीत सुन्न सकिन्छ । अगाडी पछाडी क्यामेरा छ । ब्याट्री दुई हजार एमएएचको छ । टर्चलाइटको पनि प्रयोग गर्न सकिन्छ ।

डिटिसी इम्पोरिएर

color_p5यसको बजारमा १ हजार ८ सय रुपैंया पर्छ । दुइवटा सिम लाग्छ । भिडियो प्लेयर र क्यामेरा पनि छ । वायरलेस रेडियो र गीत पनि सुन्न सकिन्छ । ब्याट्रीको क्षमता दुई हजार एमएएच छ ।

कलर्स पि फाइब

यसको नेपाली बजारको मूल्य ३ हजार १ सय ३८ रुपैंया छ । तीनहजार एमएएच क्षमताको ब्याट्री भएको यो सेटमा क्यामेरा, टर्चलाइट, भिडियो प्लेयर, रेडियो सुविधा छ । इन्टरनेट पनि चलाउन सकिन्छ ।

नोकिया-१०५

nokia-105नोकिया कम्पनीको यो सबैभन्दा सस्तो सेट हो । यसको नेपाली बजारमा २ हजार १ सय ९० रुपैंया मूल्य छ । सिंगल सिम लाग्ने यो सेटमा रेडियो मात्र सुन्न सकिन्छ । टर्चलाइटको सुविधा छ । 

नोकिया-१३०

यसको मूल्य २ हजार ६ सय ८५ रुपैंया पर्छ । यसमा टर्चलाइट र मेमोरी कार्डको सुविधा छ । ब्लुटुथ, रेडियो र म्यूजिक सुन्न मिल्ने यसको ब्याट्री क्षमता १०२० एमएएच छ ।

लाभा आइरिस-५०५सी

lava_irish505लाभा कम्पनीले उत्पादन गरेको सबैभन्दा सस्तो यो सेटको मूल्य ५हजार ४ सय ५० रुपैंया छ ।  विभिन्न भर्जनमा रहेका यो सेटमा दुईवटा सीम लाग्छ । ५ मेगाफिक्सलको क्यामेरा भएको यसमा दुई हजार एमएएचको ब्याट्री क्षमता छ । ५१२ एमबीको र्‍याम भएको यो फोनमा ४ जिवीको इन्टरनल स्टोरेज छ ।


क्लिकमान्डु