मोबाइल एक्स्पोमा दर्शकको भीड



mobile_expro

काठमाडौं । शुक्रबारदेखि लगनखेलस्थित ललितपुर मलमा सुरू भएको ललितपुर मोबाइल एक्पो-२०७३ मा ६ दिनभित्र ३० हजार बढीले अवलोकन गरेका छन् ।

एक्स्पोमा हुवाए, जियोनी, सामसुङलगायतका मोबाइल स्टलमा अवलोकनकर्ताहरु झुम्पिएको एक्स्पोका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । मेलामा नयाँ मोबाइल खरिदकर्तालाई ७ देखि ७० प्रतिशतसम्म छुटको दिइएको बस्नेतले बताए ।

असोज ३ गतेसम्म चल्ने एक्स्पोमा लक्ष्य अनुसारकै व्यापार भइरहेको तथा अवलोकनकर्ताहरु भीड लागेको भन्दै बस्नेतले भने मोबाइ खोज्नेको रूचि भिन्न भिन्न छ । ९ सय देखि एकलाख रुपैंयासम्मका मोबाइलहरू प्रदर्शनमा राखिएका छन् ।

सामसुङ, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसˆट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक र जेडटिईले  आफ्ना मोबाइलहरू प्रदर्शनमा छन् ।


क्लिकमान्डु