सामसुङको नोट सेभेनलाई विमानमा प्रतिबन्ध

क्लिकमान्डु २०७३ भदौ २४ गते १८:४२ मा प्रकाशित

note7galaxy
सामसुङले हालै बजारमा ल्याएको ग्यालेक्सी नोट सेभेन मोबाइल केही देशमा विष्फोट भएपछि अष्ट्रेलीयाका केही विमान कम्पनीहरूले यात्रुहरूलाई यात्रा अवधिमा बोक्न प्रतिबन्ध लगाएका छन् ।

ब्याट्रीमा देखिएको खराविका कारण चार्ज गर्ने बेलामा केही मोबाइल फोनहरू विष्फोट भएपछि सामसुङले बिक्री गरेको मोबाइलहरू फिर्ता गर्न आव्हान समेत गरेको छ । यो घटनाले गर्दा सामसुङको करिब १ खर्ब ५० अर्ब रूपैँया नोक्सान हुने अनुमान गरिएको छ ।

नोट सेभेनलाई अस्ट्रेलियाको मुख्य एयरलाईन्सहरू क्वान्टास, भर्जिन अस्ट्रेलिया, टाइगर एयरवेज र जेटस्टारले आफ्ना यात्रुहरूलाई बोक्न प्रतिबन्ध लगाएको छ भने अन्य मोबाइलहरूलाई विमान भित्र चार्ज गर्न पनि रोक लगाएको जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स