सर्वाधिक उचाईवाट मोवाइल लाइभ



huwai_record
मौसम परिक्षण गर्ने बेलुनमा एक स्मार्ट फोनलाई जडान गरेर पठाउदा उक्त मोबाइलबाट प्रसारण भएको भिज्युअल अहिलेसम्मकै सर्वाधिक उचाईवाट प्रसारण हुने दृष्यमा कीर्तिमान राख्न सफल हुने छ ।

चीनियाँ मोबाइल फोन निर्माता हुवावेको अनर एटलाई बेलुनमा जडान गरेर स्विडेनको इस्राङगी स्पेश स्टेशनवाट पठाइएको थियो । उक्त बेलुन ३० हजार मिटर (९८ हजार ४ सय २१ फिट) मा पुगेर पड्किने प्राविधिक विश्लेषण रहेको थियो ।

स्विडेनको हुवावे टेक्नोलोजिका पिटर लुण्डभिष्टका अनुसार बेलुन १८ हजार ४ सय २१ मिटरमा पुगेर विष्फोट भयो । विष्फोटपछि मोबाइललाई प्यारासुट मार्फत झर्ने व्यवस्था मिलाइएको थियो । यत्तिको फिटबाट उक्त मोबाइलले लाईभ  गरेपनि यो गिनेजबुक अफ वल्र्ड रेकर्डका लागि कीर्तिमान हुने बताइएको छ ।


क्लिकमान्डु