प्रहरीकै फेसबुकमा अश्लील कमेन्ट, कारबाहीको चेतावनी



काठमाडौं । फेसबुक, ट्वीटर लगायतका सोसल मिडियामा जथाभाबी नलेख्ने प्रहरीले सचेत गराएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले शुक्रबार जारी गरेको विज्ञप्‍तिमा जथाभाबी अभिव्यक्ति दिए कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

अश्लील, अपशब्द तथा अनावश्यक कमेन्टको प्रयोग बढेको उल्लेख गर्दै विज्ञप्तीमा पिडितहरूले इज्जत प्रतिष्ठामा आँच आएको भन्दै प्रहरीसँग गुनासो बढेको बताइएको छ । ‘माध्यमको दुरुपयोग गरी व्यक्ति वा संस्थाको प्रतिष्ठामा आँच आउने कमेन्ट नगर्नु’ विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्‍तिमै अश्लील कमेन्ट

सर्वसाधारणलाई सचेत गराउँदै प्रहरी प्रधान कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको विज्ञप्तीमै दर्जनौं अश्लील कमेन्ट पोस्ट भएका छन् ।

nepal_police_release


क्लिकमान्डु