मोवाईलको घातक एप्स कसरी पत्ता लगाउने?



Mobile-Apps_01
तपाई हामी कुनै एप्स आकर्षक लाग्ना साथ मोबाइलमा डाउनलोड गरिहाल्छौ । तर के तपाईँले कहिले ख्याल राख्नुभएको छ कि कतिपय एप्सहरु मोबाइलका लागि घातक हुन्छन् भनेर ?

यस्तै मोबाइलका लागि असुरक्षित मानिएका केही एप्सहरु गुगलले प्लेस्टोरबाट हटाएको छ । कतै यि एप्सहरु तपाइको मोबाइलमा त छैनन् ? हटाइएका एप्सहरु मोबाइलमा अन अथोराइज्ड एप्स डाउनलोड गर्न तथा मोबाइल रुटको माध्यमबाट फ्याक्ट्री रिसेट गर्नमा सक्षम थिए । यसमध्ये एक एप्सको नाम Honey comb पनि हो । हटाउनुअघि यसलाई प्लेस्टोरबाट १० लाख पटक डाउनलोड गरिएको थियो । सेक्युरिटी रिसर्चरहरुको दावी छ, ‘यस्ता एप्सहरु निर्माणको पछाडि ब्रेन टेस्ट यामिली मालवेयर बनाउने डेभलपर्सहरुको हात छ ।’

गुगलले हटाएका एप्सहरु केक ब्लास्ट, जम्प प्लानेट, क्रेजी लक, क्रेजी जेली, टिनी पजल, निन्जा हुक, पिगी जम्प, जस्ट फायर, इट बबल तथा ड्र्याग बक्स लगायत धेरै रहेका छन् । यी एप्सको माध्यमबाट त्यसका निर्माताहरुले मोबाइल डिभाइसमा भाइरस इन्जेक्ट गर्थे । त्यसपछि मोबाइल डाटा र रिमोर्ट एक्सेस हाासिल गर्नमा सक्षम थिए । यदि तपाईको मोवाइलमा पनि यी मध्ये कुनै एप्स छ भने तुरुन्तै हटाइहाल्नोस् ।

गत वर्ष एप्पल प्लेस्टोरमा पनि यस्तै साइबर एट्याक भएको थियो । त्यतिबेला एप्पलको आईओएसमा Xcode Ghost नामक भाइरस पसेको थियो । सोही कारण एप्पलले ३ सय भन्दा बढी एप्स हटाएको थियो ।


क्लिकमान्डु