वालिङमा ३० लाख लगानीमा गँड्यौलाको मल व्यावसायिक रूपमा
स्याङ्जा । स्याङ्जाको वालिङ-८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिक रूपमा गँड्यौलापालन थालेको हो ।