कुमारी बैंकको नाफा १४.२६%ले बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १९ लाख ८८ हजार ७८९ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४.२६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ३५ करोड १८ लाख ३ हजार १२१ रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड ४८ लाख ८९ हजार ५७५ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत सुधार देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानी ८१ करोड ७६ लाख ९१ हजार ४८६ रुपैयाँबाट बढेर ९१ करोड ८५ लाख ४९ हजार २४१ रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमसमा ५० करोड १० हजार ८७५ रुपैयाँबाट बढेर ५६ करोड ६२ लाख ९४ हजार ३११ रुपैयाँ पुगेको छ ।

९ अर्ब ५५ लाख ४१ लाख ३० हजार ४४० रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख ८० हजार ६७९ रुपैयाँ रहेको छ । ७८ अर्ब ३० करोड २८ लाख ९८ हजार ८६६ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७७ अर्ब २४ करोड ८४ लाख ७९ हजार ८८३ रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट घटेर १.०५ प्रतिशतमा झरेको छ । १६ रुपैयाँ ८३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको छ ।


क्लिकमान्डु