नेशनल हाइड्रोपावरका लगानीकर्ताले गुमाए ५ वर्षमा सवा २ अर्ब



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि प्रतिकित्ता २२० रुपैयाँमा किनेको सेयरमा यतिबेला १६५ रुपैयाँ नोक्सान व्यहोरेका छन् ।

कम्पनीको सेयर मूल्य सोमबारसम्म आइपुग्दा कम्पनीको सेयर किनेका लगानीकर्ताले अहिले कुल पुँजीभन्दा ९३ प्रतिशत प्रतिशत बढी ब्याज तिरिसकेका छन् । छन । उक्त समयमा ऋण लिँदा १४ प्रतिशत ब्याज तिर्नुपर्ने थियो ।

१४ प्रतिशत ब्याज तिर्दा २२० रुपैयाँको लगानीकर्ताले ३० रुपैयाँ ८ पैसा वार्षिक ब्याज तिर्थे । ३० रुपैयाँ ८ पैसा ब्याज तिर्दा एक वर्षमा सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ ८ पैसा पर्न जान्छ । कम्पनीको वास्तविक सेयर मूल्य वर्षेनी घट्दै गयो तर लगानीकर्ताको लागत भने बढ्दै गयो । त्यसको कारण भनेको बैंकबाट लिएको ब्याज र घट्दो सेयर मूल्य नै हो ।

लगानीकर्ताले आफूले गरेको लगानी उठाउने मात्रै हो भने पनि यो कम्पनीको सेयर मूल्य ६.७ गुणाले बढ्नु पर्ने अध्ययनले देखाएको छ ।

बैंकको वार्षिक १४ प्रतिशतले ब्याज तिर्दा लगानीकर्ताहरुले हालसम्म २२० रुपैयाँको ब्याज मात्रै २०३ रुपैयाँ ५९ पैसा तिरिसकेका छन् । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँमात्रै छ । तर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि जति ऋण लिएका थिए, त्यो रकमको वार्षिक ब्याज नै अहिलेको सेयर मूल्यको हाराहारीमा छ । अर्थात सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँ छ ।

लगानी गरेको रकम अर्थात २२० रुपैयाँको ब्याज र ब्याजको नि ब्याज तिर्नु पर्दा लगानीकर्तालाई बार्षिक ५२ रुपैयाँ ०१ पैसा तिर्नु पर्ने अवस्थामा पुगको छन् । वर्षेनी लगानीकर्ताको लागत पुँजी घटिरहेको छ तर बैंकमा तिर्नुपर्ने ब्याज भने बर्षेनी बढ्दो छ । जसकाकारण लगानीकर्ताले यो अवधिमा बैंकमा ब्याज मात्रै ९३ प्रतिशत तिरिसकेका छन् ।

लगानीकर्ताले आफूले गरेको लगानी उठाउने मात्रै हो भने पनि यो कम्पनीको सेयर मूल्य ६.७ गुणाले बढ्नु पर्ने अध्ययनले देखाएको छ । जुन समयमा सेयर लगानीकर्ताले १४ प्रतिशत ब्याजमा ऋण लिएर सेयरमा लगानी गरे उनीहरु अहिले दैनिक रुपमा आफ्नो लगानी गुमाइ रहेका छन् ।

तर, त्यो समयमा बैंकहरुले मुद्दति निक्षेपमा दिने १० प्रतिशत ब्याज पाउनका लागि २२० रुपैयाँ बैंकमा राखेको भए निक्षेपको ६१ प्रतिशत ब्याज पाउने रहेछन् । अर्थात २२० रुपैयाँको ५ वर्ष ४ महिनामा १३४ रुपैयाँ त ब्याज नै आउने रहेछ । लगानीकर्ताले उक्त रकम मुद्दतिमा राख्दा बर्षेनी पाउने ब्याज बढ्दै जाने थियो । २२० रुपैयाँ उक्त अवधिमा ब्याजसहित ३५४ रुपैयाँ ३१ पैसा हुने थियो । तर फाइदाको आशामा लगानी गर्ने लगानीकर्ताले अहिले सम्म एक रुपैयाँ नि लाभांश पाएका छैनन् भने २२० रुपैयाँ लगानी नै ५४ रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु