सिभिल बैंकका सेयरधनीले निक्षेपको ब्याजदरभन्दा पनि कम लाभांश पाउने, ६.५७ % नगद लाभांश घोषणा



काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई आफुले दिने मुद्दती निक्षेपभन्दा पनि कम प्रतिफल दिने भएको छ ।

बैंकले लगानीकर्तालाई ६.५७ प्रतिशत नगद लाभांश दिने भएको हो । संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांशको घोषणा गरेको हो । सिभिल बैंकको चुक्ता पूँजी ८ अर्ब रहेको छ । बैंकले ६.५७ प्रतिशतले ५२ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश दिन लागेको हो ।

बैंकले मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याजदर दिने गरेको छ । बचत खातामा साढे ६ प्रतिशत ब्याजदर दिन्छ । बैंकले बचत खातामा दिने ब्याजदर बराबरको प्रतिफल सेयरधनीलाई दिएको हो ।


क्लिकमान्डु