न्यू होलण्डका निर्माण सामाग्री किन्दा ज्योति विकास बैंकबाट कर्जा पाइने



काठमाडौं । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणहरु ग्राहकवर्गहरुलाई सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त कर्जा सेवाको लाभ लिन सक्नेछन् ।

सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई विक्रि पश्चातको सेवा दिंदै आएको छ।


क्लिकमान्डु