३१ व्यक्ति र संस्थालाई सरकारले सम्मान गर्ने
काठमाडौं । सरकारले यो वर्ष राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न ३१ व्यक्ति तथा संस्थालाई (सीआईपी) सम्मान गर्ने भएको छ ।
छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि–२०७४ अनुसार उनीहरुलाई सीआईपी दिन लागिएको बताइएको छ । यसका लागि सरकारले ७ विधाबाट महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्था छनोट गरेको हो ।
व्यापार तथा निकासी प्रर्बद्धन केन्द्रले निर्यात क्षेत्रका १६, पर्यटनका २, लगानीका १, कर दाखिलाका १, रोजगारी सिर्जनाका १, र विप्रेषणतर्फ १ जनाको सूची तयार बनाएको छ ।
केन्द्रका अनुसार सीमान्तकृत, दलित र पिछडिएको समसदायबाट ४, युवा उद्यमीतर्फ महिला १, पुरूष १ र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ जनासहित ३१ जनाको सूची तयार गरेको छ । सीआईपी पाउनेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपीको स्थान पाउने छन्