सेयर बजार आफ्नै गतिमा

245
Shares

काठमाडौं । सेयर कारोबारमा समान्य सुधार हुँदा नेप्से मापन गर्ने सूचक ०.९७ अंकले बढेर ११४०.२६ बिन्दुमा रोकिएको छ ।

१६३ कम्पनीको ७ लाख ५९ हजार ७१२ कित्ता सेयर १९ करोड १८ लाख ५४ हजार ३३३ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ समूहको कारोबारमा होलट ५.६३, जलविद्युत १७.४३, निर्जीबन बीमा कम्पनी १४.३८, माइक्रोफाइनान्स ५.६, जीवन बीमा समूहको उपसूचक ३.०३ अंकले बढेको छ । बैंकिङ समूहको उपसूचक ०.९२ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ९८ लाख ८६ हजार ४५३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो समूहमा क्रमशः प्रभु बैंक र चिलिमे हाईड्रोपावर कम्पनी रहेका छन् ।

कारोबारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया ग्रोथ फण्डका लगानीकर्ताले कमाएका छन भने जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, गोर्खाज फाइनान्स, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले गुमाएका छन् ।

Skip This