स्वरोजगार लघुवित्तको नाफा १८०% ले बढ्दा अरु सूचक कस्ता ?



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चालु आवको पहिलो त्रैमासमा आईपुग्दा गत आवको सोहि अवधिको तुलनामा नाफामा १८०.२० प्रतिशतले बढोत्तरी गरेर २ करोड ८० लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोहि अवधिमा संस्थाको नाफा १ करोड २४ हजार रुपैयाँ मात्रै रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड २५ लाख ८० हजार रुपैयाँबाट बढेर ६ करोड ८४ लाख ८१ हजार रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन मुनाफा पनि १ करोड ४४ लाख २१ हजार रुपैयाँबाट बढेर ४ करोड ४ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

२६ करोड ९५ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १५ करोड ३३ लाख १० हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ३८ करोड ९७ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब १७ करोड ९९ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.९८ प्रतिशतमा पुगेको छ । ४१ रुपैयाँ ६९ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको १५६ रुपैयाँ ८८ पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।


क्लिकमान्डु