डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

आइतबार अपराहन्न १२ बजे बसेको बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा आएको समस्याका बावजुत डेढ घन्टासम्म बसेको बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि सिफारिस गरेको थियो ।

मुटु रोग विशेषज्ञ डा. कोइराला यसअघि शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक थिए ।


क्लिकमान्डु