वाणिज्य बैंकले सार्वजनिक गर्यो कर्जाको नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंकले कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
शुक्रबार अर्थात् कात्तिक १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको बैंकले विभिन्न कर्जाको नयाँ ब्याजदर लागू गरेको हो ।
बैंकले असोज महिनाको आधारदर (बेसरेट) ६.६० प्रतिशत भएको विवरण सार्वजनिक गरेको छ । र, यसै बेसरेटमा सम्बन्धित रहेर विभिन्न शीर्षकका कर्जामा भिन्दा–भिन्दै किसिमको प्रिमियम थप गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
वाणिज्य बैंक कर्जाका लागि सबैभन्दा सस्तो बैंक हो ।
बैंकले घर किन्न ९ प्रतिशतदेखि ११.५ प्रतिशतको ब्याजदरमा घर कर्जा दिनेछ भने ९.६० प्रतिशतदेखि १०.६० प्रतिशतमा गाडी खरिद गर्न कर्जा दिनेछ ।
तर विद्युतीय गाडी किन्नु परेमा ८.६० प्रतिशत ब्याजदरमा ऋण दिनेछ । त्यस्तै, सेयर धितो राखेर बैंकले १० प्रतिशतदेखि १२ प्रतिशतसम्म कर्जा दिनेछ ।
वाण्ज्यि बैंकबाट चालु पुँजी कर्जा अन्तर्गत ओभर ड्राफ्ट, हाइपोथिकेसन, धितो कर्जा, आवधिक कर्जा अन्तर्गत औद्योगिक व्यापारिक, हाउजिङ रियरलस्टेट कर्जा लिन ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने छ ।
त्यस्तै, सुन धितोमा कर्जा लिन १२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । भने सरकारी धितो सुरक्षण राखेर भने ९.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
बैंकले प्राथमिकप्राप्त क्षेत्रमा १०.६० प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ । विपन्न वर्ग कर्जा अन्तर्गत व्यक्तिगततर्फ ९ प्रतिशत, संस्थागततर्फ ८.६० प्रतिशत ब्याज तिर्नुपर्नेछ । सहुलियतपूर्ण कर्जाका लागि ८.६० प्रतिशत, टीआर÷आयात कर्जाका लागि ८.६० प्रतिशत ब्याजदर लागू हुनेछ ।
बैंकले निर्यातका लागि भने धेरै नै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले निर्यातका लागि ७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
व्यक्तिगत कर्जा (पीजी लोन)का लागि भने बैंकले ११ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज लिनेछ । अर्को आधारदर प्रकाशित नभएसम्मका लागि बैंकले शुक्रबार प्रकाशित गरेको ब्याजदर लागू हुने जानकारी दिएको छ ।