प्राइम बैंकको नयाँ शाखा काठमाडौको चपलीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा स्थित चपलीमा खुलेको छ । यो शाखा खुलेसँगै बैंकको शाखा संख्या ९७ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा समुदघाटन गरेका छन् ।