सुधारोन्मुख बाटोमा सेयर बजार, कारोबार रकम पनि सन्तोषजनक

476
Shares

काठमाडौं । सेयर कारोबारको लागि यो साताको अन्तिम बिहीबार सेयर बजारमा सुधार देखिएको छ । लामो समय देखि निरन्तर गिरावट आएको बजारमा बिहीबार ६.७३ अंकले बढ्दा नेप्से परिसूचक ११४९.३४ बिन्दुमा रोकिएको छ ।

१५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता सेयर ३२ करोड ७६ लाख ३२ हजार २५८ रुपैयाँको सेयर किनबे भएको छ । लामो समय देखि नेप्से सूचक मात्रै नभएर कारोबार रकमा पनि गिरावट आएको थियो । बिहीबार भने कारोबार रकममा पनि सुधार देखिएको छ ।

११ समूहको कारोबारमा बैंकिङ ६.६३, होटल १२.४६, उत्पादन तथा प्रशोधन १६.५३, माइक्रोफाइनान्स ६.३८, जीवन बीमा कम्पनी समूहको उपसूचक २१.५१ अंकले बढेको छ । कारोबार रकमको आधारमा माछापुच्छे« बैंक अग्रस्थानमा रहेको छ । बैंकको ७ करोड ११ लाख ३ हजार ५६४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र प्रभु बैंक रहेका छन् ।

अरुण भ्याली हाईड्रोपावर डेलमपेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले कमाएका छन् भने अरुण काबेली पावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, खानीखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Skip This