परराष्ट्रमन्त्री ज्ञवालीले भने- मन्त्रालयमा एनआरएनए महाशाखा छ, लगानी ल्याउन समस्या भए भन्नुस्
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट लगानी ल्याउनका लागि समस्या भए आफूलाई भन्न आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा सुरु भएको नवौं गैरवाआसीय नेपाल संघको विश्व सम्मेलनमा बोल्दै ज्ञवालीले अहिले परराष्ट्र मन्त्रालयले एनआएनए महाशाखा नै स्थापना गरेको बताउँदै लगानी ल्याउनका लागि केही समस्या आएको खण्डमा महाशाखामा भन्न आग्रह गरे ।
अहिले नेपालमा राजनीतिक स्थिरता भएको तथा लगानीको वातावरण समेत भएकाले यो अवसरमा लगानी बढाउन आग्रह गरे ।
उनले भने, ‘विदेशमा आर्जेको सीप, ज्ञान, पुँजी र प्रविधि ल्याउनुहोस, हामी सहयोग गर्छौ ।’
विश्वमा नेपालको ३३ वटा देशमा महावाणिज्य दुत रहेको तर एनआरएनहरु १०८ वटा देशमा भएकाले सबै गैर आवासीय नेपालीहरु सद्भावना दूत रहेको बताए ।
उनले नेपाली उत्पादनलाई विश्वबजारमा प्रबद्र्धन गर्न समेत आग्रह गरे ।