पूर्व अध्यक्ष शेष घलेले भने- एनआरएनएमा राजनीति हावी भयो, सेकेन्ड जेनेरेसनलाई कनेक्ट गराउन गाह्रो

154
Shares


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले एनआरएनएको निर्वाचनमा राजनीति हावी भएको बताउँदै यो राम्रो नभएको बताएका छन् ।

राजधानीमा सुरु हुन लागेको नवौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा क्लिकमाण्डूसँग कुरा गर्दै घलेले एनआरएनए जस्तो संस्थामा राजनीति प्रवेश हुनु रामो नभएको बताए ।
नयाँ कार्यसमिति चयनका लागि यतीबेला अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्य उम्मेदवार बनेका छन् ।

पन्तलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको छ भने आचार्यलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । पछिल्लो समय अध्यक्ष पदका लागि यसरी राजनीतिक कित्ताकाँट भएकोमा घलेले असन्तुष्टि व्यक्त गरे ।

समय अझै बाँकी रहेकाले सकेसम्म सबैलाई मिलाएर सहमति मै जान उनले सुझाव दिए ।

राजनीति हावी हुनुका साथै पछिल्लो समय सेकेन्ड जेनेसेरनलाई एनआरएनएमा कनेक्ट गर्न नसकिएको प्रति पनि घले चिन्तित देखिए ।

उनले भने, ‘हामीलाई नेपालको माया लाग्छ त्यसैले पनि यो संस्थामा छौं, यो संस्थाले हामीलाई एक अर्कासँग बाँधी राख्छ तर अहिले दोस्रो पुस्तालाई हामी आफूहरु जस्तै यस संस्थामा केनेक्ट गर्न सकेका छैनौं ।’

उनले दोस्रो पुस्तालाई पनि यसमा कनेन्ट गराउनु अहिलेको चूनौती भएको बताए ।