१६ प्रतिशत बोनसले प्रभुको सेयर मूल्य बढ्यो, सेयर बजारमा भने रातो टिका



काठमाडौं । दशैंको बिदापछि खुलेको सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक बिहीबार ०.४१ अंकले ओरालो लागेको छ ।

दशैंको बिदा सकियपनि लगानीकर्ताहरु सक्रिय नहुँदा कारोबार पनि सामान्य भएको छ ।

बिहीबार नेप्सेमा ६ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार लाभांश घोषणा गरेको प्रभु् बैंकको सेयर ५ रुपैयाँले बढेको छ । सबैभन्दा बढी कारोबार हुने पनि प्रभु बैंक रहेको छ । प्रभु बैंकको २ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबार नै लाभांश घोषणा गरेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य ३ रुपैयाँले बढेको छ । महालक्ष्मी विकास बैंकको ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


क्लिकमान्डु