फोटो र भिडियोमा हेर्नुहोस् नयाँ नोट साट्ने चटारो, राष्ट्र बैंकमा सर्वसाधारणको लाइन



काठमाडौं । दशैंतिहार नजिकिएसँगै यतिबेला नयाँ नोट साट्न राष्ट्र बैंकमा निकै भीड लागेको छ । बालुवाटारस्थित राष्ट्र बैंकको गेट बाहिरैसम्म नयाँ नोड साट्नेको भीड लागेपछि ट्राफिक व्यवस्थापनमा समेत निकै असजिलो भएको छ ।

राष्ट्र बैंकले गत शुक्रबारदेखि नयाँ नोट बाड्न थालेको हो । राष्ट्र बैंकले गत वर्षको सटही दर घटाएर अहिले प्रतिव्यक्ति १८ हजार ५०० रुपैंयासम्म नयाँ नोट साटने व्यवस्था गरेको छ । गत वर्ष २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाइन्थ्यो । रतष्ट्र बैंकले यो वर्ष सीमा घटाएको हो ।

नोट साट्नका लागि जेष्ठ नागरिकका लागि भने लाइन बस्न नपर्ने नियम बनाएकाले ज्येष्ठ नागरिकहरुका लागि केही राहत भएको छ ।

फोटो र भिडियोमा हेर्नुहोस् राष्ट्र बैंक परिसरमा देखिएको दृष्य

 


क्लिकमान्डु