एनएमबी र ओमको बैकिङ सेवा बन्द, भोलिदेखि एकिकृत कारोबार

525
Shares

काठमाडौं । एनएमबी बैंकको आज सबै सेवाहरु बन्द भएको छ । राष्ट्र बैंकको निर्देशनमा नै बैंकका सम्पूर्ण विद्युतिय कारोबार शुक्रबार बन्द भएको बैंकले जनाएको छ ।

बैंकले असोज ११ गतेदेखि ओम डेभलपमेन्ट बैंकसँग एकिकृत कारोबार गर्दैछ । सोहीकारण सिस्टमहरु मिलाउनुपर्ने भएकाले सेवा अवरुद्ध भएकोे बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले क्लिकमाण्डुलाई जानकारी दिए ।

‘भोलिसम्म मात्र सेवा बन्द गरिएको हो,’ उनले भने ‘ओमसँग एकिकृत कारोबारमा सिस्टरहरु म्याच गराउनु पर्ने भएकाले हामीले राष्ट्र बैंकको स्वीकृती लिएर नै सेवा बन्द गराएका हौँ ।’

बैंकको सेवा अवरुद्ध गराउनुपुर्व सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकले व्यक्तिगत रुपमा नै जानकारी गराएको सीइओ केसीले बताए ।