अनलाइन फेसन रिटेलर जुजुको ३० प्रतिशत स्वामित्व याहु जापानले किन्यो, कतिमा भयो कारोबार ?



काठमाडौं । जापानका अर्वपति युसुका मइजवाले अनलाइन फेसन फर्म जुजुमा भएको आफ्नो अधिकांश स्टेक बेच्न याहु जापानलाई बेच्ने भएका छन् ।

उक्त स्टेक बिक्रीसँगै उनी जुजुको प्रमुख कार्यकारी पदबाट समेत अलग हुनेछन् । स्प्लासी आर्ट कलेक्सन र स्पेस ट्राभल एम्बिसन क्षेत्रमा माहिर मानिने मइजवाले ३.७ विलियन अमेरिकी डलरमा जुजुमा भएको स्टक बेच्न लागेको हुन् ।

जुजु जापानको ठुलो अनलाइन फेसन रिटेलर भएपनि पछिल्लो समय फाइदामा भने कमी आएको थियो । केही समयअघि जुजुले युरोप र अ‍ेमेरिकाको अपरेशन बन्द समेत गरेको थियो ।

जुजुमा रहेको ५०.१ प्रतिशत स्टेकलाई ४०० विलियन जापानिज येन तिर्न याहु जापान तयार रहेको प्रस्ता गरेको छ ।

यो निर्णयले याहु जापानलाई अमेजन र राकुटेनसँग प्रतिष्पर्धा गर्न सजिलो हुने अनुमान गरिएको छ ।

सहमतिअनुसार मइजवाले जुजुमा रहेको ३० प्रतिशत स्टेक बेच्ने र जुजुमा रहेको उच्चस्तरको पद छाड्नेछन् ।


क्लिकमान्डु