मोदीको कार्यकालमा ७० वर्षयताकै कमजोर बन्यो भारतीय अर्थतन्त्रः पत्रकार रविश कुमारको बिचार



भारतको अर्थव्यवस्थामा भइरहेको आर्थिकमन्दीको समयमा बिजेपी पार्टीमा ७ करोड सदस्य थपिएका छन् । त्यसैले खस्कँदो ५ प्रतिशत जीडीपीमा नहाँस्नुहोस् ।

र, मलाई हाँसो लागेको पनि छैन । धेरै मानिस हाँसिरहेका छन् । जीडीपीको दर ५ प्रतिशतमा आइपुगेको छ । यो हाँसोले मलाई क्रुर नबनाओस त्यसैले म सतर्क छु । लाखौं मानिसका जागिर गयो । उत्तिकै संख्यामा बेरोजगारी पनि बढिरहेको छ ।

म यसकारण हाँस्न सक्दैन कि नरेन्द्र मोदीको सरकार आर्थिक मोर्चामा असफल भयो । यसको असर मलाई पनि पर्यो । मेरा साथीहरु र अन्य लाखौ मानिसमा पनि यसको असर परेको छ । लाखौं व्यक्तिहरु जसलाई म चिन्दिैन तर उनीहरुका पीडाबाट हरेक दिन जानकार छु । कसैको घरमा अध्याँरो हुन्छ । तपाईको त्यो हाँसोले तपाईभित्र अध्याँरो पैदा गरिदिन्छ ।

सन् २०१४ पछि मैले पनि अर्थव्यवस्था बुझ्न सुरु गरेँ । कुनै माध्यम थिएन त्यसैले बिजनेश अखबार तथा बिजनेसका मानिसहरुसँग कुराकानीका माध्यमबाट बुझ्न थाले । फेसबुक जस्ता माध्यममा अनेकन लेख लेखेँ । ताकी हिन्दीका पाठक यी नीति तथा त्यसको असर ठीकसँग बुझ्न सकुन् । म आफै पनि बुझ्न सँकु ।

मोदी सरकारको आर्थिक नीति राम्रो वा नराम्रो दुबै हुन सक्छ । यस विषयमा बहस हुन सक्छ तर साढे ५ वर्षसम्म यही देखियो कि नतिजा राम्रो छैन् । सरकारले आफैले लिएका सबै नारा छोडिदियो । आर्थिक विकासमा मोदी सरकार फेल भयो ।

स्किल इन्डियाको हालत नाजुक छ । यो प्रतियोगिता पनि परिवर्तन हुँदैछ । यो पनि फेल सावित भइसकेको छ । मेक इन इन्डियाको हालतबारे कोही पनि कुरा गर्दैनन् । भारत निर्यातको ठाउँमा आयातकर्ताको मूलुकमा परिवर्तन भयौं । म्यानुफ्याक्चरिङ ०.६ प्रतिशतमा आइसकेको छ ।

म आज पनि मान्छु कि नोटबन्दीको फैसला राष्ट्रिय अपराध थियो । मानिसहरुले हाँसोमा उडाइदिए । प्रधानमन्त्री मोदीको प्रभाव तथा उनको विचारधाराबाट कम व्यापारी वर्ग तथा उनको डरबाट आक्रान्त उद्योग जगत यस सोचलाई पचाइसकेको छ ।

विपक्षीमा नैतिक बल नै छैन । विपक्षी आफ्नै अनैतिकतासँग दबिएको छ । त्यसैले सत्ता पक्षको हरेक अनैतिकता विपक्षीले बिना कुनै उत्तर स्वीकार गरिरहेको छ । नोटबन्दीलाई सफल बनाउनका लागि त्यस्ता तर्कहरु गरिन्छ जस्तो कश्मिरलाई लिएर दिइन्छ ।

जस्तै कश्मिरमा ५० वटा कलेज खोल्न तथा दुकान खोल्नका लागि एक पूरै राज्यलाई केन्द्रको शासित प्रदेशमा परिवर्तन गरिन्छ । एक करोड जनतालाई सूचनाबिहीन अवस्थामा राखिन्छ । नोटबन्दीको नतिजा कतै पनि देखिन्न । दूरगामी परिणामको सपना देखाइएको थियो । ३ वर्षपछि नोटबन्दीको दूरगामी परिणम भयावह नजर आउन लागेको छ । त्यसको अर्को वर्ष नै उद्योगको क्षेत्रमा लगानी ६० प्रतिशतले कमी आएको थियो ।

म आज पनि मान्छु कि नोटबन्दीको फैसला राष्ट्रिय अपराध थियो । मानिसहरुले हाँसोमा उडाइदिए । प्रधानमन्त्री मोदीको प्रभाव तथा उनको विचारधाराबाट कम व्यापारी वर्ग तथा उनको डरबाट आक्रान्त उद्योग जगत यस सोचलाई पचाइसकेको छ ।

नोटबन्दीपछि आर्थिक मन्दि पनि सुरु भयो । आर्थिक मोर्चामा नयाँ इभेन्टहरु खगोलीय घटना जस्तै गरी लञ्च गरियो । जीएसटीलाई दोस्रो स्वतन्त्रता दिवस झैँ गरी मनाइयो । जसको असर आजसम्म अर्थव्यवस्थामा परेको छ । जसबाट अर्थतन्त्र उठ्न सकेको छैन ।

एक राष्ट्र एक करको नारा दिइयो । कारोबार आधाभन्दा पनि कम भयो । तै पनि कुनै समाजशास्त्रीले के बुझ्नुपर्छ भने त्यो बेला कुनै पनि व्यापारीहरुले मोदीको विरुद्धमा नारा लगाएनन् । उनीहरु मोदीका प्रति मन र धनबाट समर्पित गर्छन् । र, अगामी दिनमा पनि रहनेछन् ।

आज कपडा उद्योगको अवस्था दयनीय छ । र, पनि यसबारेमा आवाज उठेको छैन् । विरोध छैन् । कुनै नेता छ जसले पाँच वर्ष आर्थिक मोर्चामा असफल भएपछि पनि सोही क्षेत्रमा मानिसहरुको दिलमा एकछत्र राज गरिरहेको छ ? कोही पनि छैनन् ।

त्यसैले आर्थिक संकटको हरेक खबरमा मोदी विरोधी आशा पालनेहरु आफैले ख्याल गर्नुपर्छ । मोदीप्रति हाँस्नु जरुरी छैन । आर्थिक मोर्चामा उनीहरु आज पहिलो पटक फेल भएका होइनन् । उनीहरुसँग नयाँ आइडिया छैन । यतिसम्म कि विपक्षीसँग पनि कुनै नयाँ आइडिया छैन ।

बैंकभित्रै पनि आर्थिक नीति मरेको छ । उनीहरुले कश्मिर र हिन्दु मुस्लिमको नेसनल सिलेबसले खाइसक्यो । बैंकरहरु आफ्नो आँखाले सच्चाइ देखिरहेका थिए तर नशा अरु नै थियो । नतिजा न स्यालरी बढ्यो, काम कमजोर हुन थाल्यो ।

अर्थव्यवस्था परिवर्तन भइरहन्छ । आज खराब छ भने भोलिका दिनमा राम्रो हुन पनि सक्छ । सन् २०१४ देखि २०१९ को बीचमा अर्थव्यवस्था निकै कमजोर बन्यो । सरकार तथा व्यापारी सबैलाई थाहा थियो । त्यसैले सन् २०१९ मा नयाँ सपना ल्याइयो ।

४५ वर्षमा सबैभन्दा बेरोजगारी बढ्यो । यो पनि नरेन्द्र मोदीको लोकप्रियता थियो कि उनले बेरोजगारीहरुले उनलाई आफ्नो मसिहा मानेका थिए । र, आफ्नो दिमा बसाएका थिए । सन् २०१३ मा नरेन्द्र मोदी जनसंख्याको लाभको विषयमा कुरा गरिरहेका थिए । भारतसँग सबैभन्दा धेरे युवाहरु छन् । जुन भारतको बलियो पक्ष हो ।

सन् २०१९ मा मोदीले जनसंख्यालाई समस्या बताउन थालिसकेका छन् । तपाई गुगलमा खोज्न सक्नुनुहुन्छ । सन् २०१३ मा आएको मोदीको बयान । मानिसहरु अहिले सबै कारण जनसंख्यामा खोज्न थालेका छन् । मानिसहरु सन्तुष्ट पनि छन् ।

पाँच वर्षमा कुनै पनि विश्वविद्यालयको अवस्था ठीक छैन् । तै पनि नौजवान मोदी मोदी गर्दै हिँडिरहेका छन् । विश्वको इतिहासमा सायद यस्तो कुनै नेता छैन होला जसले शिक्षा र रोजगारको क्षेत्रमा शुन्य प्रदर्शन गर्दा पनि युवामाझ लोकप्रिय बनिरह्यो ।

अर्थव्यवस्था परिवर्तन भइरहन्छ । आज खराब छ भने भोलिका दिनमा राम्रो हुन पनि सक्छ । सन् २०१४ देखि २०१९ को बीचमा अर्थव्यवस्था निकै कमजोर बन्यो । सरकार तथा व्यापारी सबैलाई थाहा थियो । त्यसैले सन् २०१९ मा नयाँ सपना ल्याइयो ।

५ ट्रिलियनको अर्थव्यवस्थाको सपना । हरेक ६ महिनामा भारतलाई एउटा नयाँ सपना चाहिन्छ । नरेन्द्र मोदी नयाँ सपना लिएर आउँछन् । न्यूज च्यानललाई भारतको अर्थव्यवस्था संकटबाट गुज्रिरहेको देखिरहेको थियो तर उनीहरुले कश्मिर बहाना बनाइसके ।

जसरी भारतीय मानिसहरु कश्मिरका मानिसहरुको आवाज बन्द गर्नु सही भनिरहेका छन् । उसैगरी आफै पनि कश्मिर बनिरहेका छन् । उनको आवाज र सही तस्बिर च्यानलमा आउँदैन् । उनीहरुको आवाज सुनिँदैन । हामी अन्य मानिसका लागि जुन कुरा सही हो भन्छौं आफ्ना लागि पनि सही भइदिन्छ । अहिले पनि त्यही भइरहेको छ । एनडिटिभीमा कार्यरत रविश कुमारले फेसबुकमा व्यक्त गरेको विचार


क्लिकमान्डु