आयातकर्ताले डलरमा ऋण लिन पाउने, ब्याजदर २ प्रतिशत मात्रै




काठमाडौं । बिदेशबाट बस्तु आयात गर्दा लाग्ने रकम बराबरको ऋण अमेरिकी डलरमा लिन पाइने भएको छ । बाणिज्य बैंकहरुले तरलता अभाब भएको भन्दै ऋण दिन छोडेपछि नेपाल राष्ट्र बैंकले यस्तो ब्यवस्था गरिदिएको हो ।

तरलता अभाबको कारण बैंकहरुले ऋण रोकेपछि समस्या उत्पन्न भएको भन्दै यस्तो नीतिगत ब्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगानाले जानकारी दिए । फागुनदेखि बैशाख महिनासम्म बैंकहरुले आयातकर्तालाई डलरमा ऋण दिन पाउने छन् ।

‘यसअघि आयातकर्ताले नेपाली मुद्रामा ऋण दिनुपथ्र्यो, अबको तीन महिनासम्म अमेरिकी डलरमै ऋण लिन पाउने ब्यवस्था गरिएको छ, यसले आयातकर्तालाई सस्तो ब्याजदरमा ऋण पाउने सुबिधा प्राप्त हुन्छ भने बैंकहरुलाई तरलता अभाबको कारण ऋण दिन नसक्ने समस्या समाधान हुन्छ,’ राष्ट्र बैंकको बिदेशी बिनिमय विभागका प्रमुख समेत रहेका ढुंगानाले क्लिकमाण्डूसँग भने ।

डलरमा ऋण लिन पाइने भएपछि आयातकर्ताले ऋणको ब्याजदर पनि सस्तो पाउने भएका छन् । अमेरिकी डलरमा ऋण लिदा २ प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्ने हुने ढुंगानाले जानकारी दिए ।


क्लिकमान्डु