व्यवसायीको कुरा सुन्दा अर्थमन्त्री नै लजाए…



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कतिपय बस्तुहरुमा काला बजारी ऐन लाग्ने भन्ने कुरा व्यवसायीलाई थाहा नभएको सुन्दा आफूलाई लाज लागेको बताएका छन् ।

राजधानीमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपालको अर्थतन्त्रका विद्यमान अवसर र चुनौती विषयक अन्तकृया कार्यक्रममा यस्तो बताएका हुन ।

उनले भने ‘चेम्बरले आयोजना गरेको कार्यक्रममा आएका उद्योगी व्यवसायीहरुलाई नै थाहा रहेनछ्, अहिलेसम्म कसरी उद्योग चलाइरहनु भएको छ । भन्सार थप तिरेको कारणले, कालाबजारी ऐन लाग्छ भन्ने कुरा सुन्दा मलाई त निकै अचम्म लाग्यो ।’

हामीहरुले अहिलेसम्म व्यवसायीलाई नै जानकारी दिन नसकेको भन्दै पहिला व्यवसायीहरु नै यो विषयमा जानकारी हुन आवश्यक रहेको तर्क गरे ।


क्लिकमान्डु