नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४३ प्रतिशतले बढ्यो, नाफा ५२ करोड ३२ लाख



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गतवर्षमा ४२.७३ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले गतवर्ष २३ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुमा हरेक सूचकमा पहिलो स्थानमा रहेको नेपाल लाइफले गतवर्षपनि यसलाई कायम राख्न सफल भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १६ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गतवर्षसम्ममा ९१ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा १ लाख २८ हजार ६३६ वटा बीमा लेखको संख्या भएको छ ।

५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती तथा रिजर्ब कोषमा ६५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले गतवर्ष ५२ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । तर,बीमांकीय मूल्यांकनपछि नाफा १ अर्ब ११ करोड रुपैयाँ भएको थियो । गतवर्षको बीमांकीय मूल्यांकन बाँकी रहेको हुँदा कम्पनीको नाफा भने बढ्ने छ ।

गतवर्ष ७ अर्ब ५९ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । १ अर्ब १५ करोड रुपैयाँको दाबी भुक्तानी हुन बाँकी रहेको जनाएको छ ।


क्लिकमान्डु